मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले फागुन २८ गते, शुक्रबारबाट चैत्र १३ गते, शुक्रबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू खाेलिएकाे छ ।
उक्त सेयरकाे प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भएको छ । प्रारम्भिक विवरण अनुसार लिलामी सेयरमा १०५ रुपैयाँ कट अफ कायम भएको निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जानकारी दिएकाे छ ।
कम्पनीले संस्थापक समूहको १७ लाख ५९ हजार ६ सय २१ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस