Like us!
Follow us!
Connect us!
Watch us!

आज सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड हुने, रिजल्ट कति खेर हेर्न पाइन्छ ?

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०७७, ०८ : ४९ मा प्रकाशित

आज सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड हुने, रिजल्ट कति खेर हेर्न पाइन्छ ?

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले जारी गरेको आईपीओ आज बाँडफाँड हुने भएको छ ।आज  विहान ११ बजे आईपीओ बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा हुने भएको छ ।  

 कम्पनीको आईपीओमा  १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ  बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ९ दशमलव ३४ गुणा बढी हो  ।  

WACC/EDIS गर्नै पर्ने हो? सिस्टमको धोका,लगानीकर्ता मारमा किन? Purna Psd Acharya,CEO, CDS & Clearing

मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । ग्रोलाप्रथाबाट वितरण गर्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ७१ हजार ५ सय ३७ जनाको हात खाली हुनेछ  । 

कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा चैत्र ६ गतेदेखि चैत्र १०सम्म  २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।आईपीओको नतिजा मेरो सेयरमा अपलोट गर्न  समय लाग्ने भएकोले बाँडफाँड भएको ४ /५ घण्टापछि मात्र   मेरो सेयरबाट हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको