Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड, लक्की नम्बर ५

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०७७, ११ : २५ मा प्रकाशित

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले जारी गरेको आईपीओ आज बाँडफाँड भएको छ । आज  विहान ११ बजे आईपीओ बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा बाँडफाँड भएको हो । 

गोलाप्रथाबाट बाँडफाँड भएको आईपीओमा लगानीकर्ता लक्ष्मण श्रेष्ठले बल तानेका थिए । बल तान्दा लम्की नम्वर ५ आएको थियो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड  भएको छ । ग्रोलाप्रथाबाट वितरण गर्दा २ लाख ६९ हजार ७ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी १२ लाख ९५ हजार ८ सय ३० जनाको हात खाली भएको छ  । 
  
कम्पनीकाे आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाको आवेदन परेको थियाे । जसमध्ये, ५ हजार ७ सय २८ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए । 

कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा चैत्र ६ गतेदेखि चैत्र १०सम्म  २९ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।आईपीओको नतिजा मेरो सेयरमा अपलोट गर्न  समय लाग्ने भएकोले बाँडफाँड भएको ४ र ५ घण्टापछि मात्र   मेरो सेयरबाट हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको