Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर निष्कासनको अनुमति लिन बोर्ड पुग्यो सिंगटी हाइड्रो

अर्थ संसार

शुक्रबार, २९ असार २०८०, ११ : ०८ मा प्रकाशित

हकप्रद सेयर निष्कासनको अनुमति लिन बोर्ड पुग्यो सिंगटी हाइड्रो

सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको अुनमतिका लागि नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले विद्युतीय नियमन आयोगबाट हकप्रदको स्वीकृति पाएसँगै कम्पनीले बोर्डबाट स्वीकृति लिन त्यहाँ निवेदन दिएको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्न कुमारी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्बन्धी सम्झौतापत्रमा सिंगटी हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का र कुमारी क्यापिटलको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । 

कम्पनीको जेठ १७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।  कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको