Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड : अधिकतम पाउनेले ५ सय कित्तासम्म पाए

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १७ : १९ मा प्रकाशित

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड : अधिकतम पाउनेले ५ सय कित्तासम्म पाए

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले माघ ४ गते, आइतबारबाट फागुन ३ गते, साेमबारसम्म  आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आईपीओ) आज (फागुन १७ गते, साेमबार) बाँडफाँड गरेकाे छ ।

उक्त आइपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा दिउँसाे ३:३० बजे भएकाे हाे ।

निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडले दिएकाे जानकारी अनुसार १० कित्तादेखि ४९० कित्तासम्मको लागि आवेदन दिनेहरूले माग गरे बमोजिम नै पाएका छन् । त्यस्तै, ५ सय कित्तादेखि माथिको लागि आवेदन गर्ने ५ सय २३ जना लगानीकर्ताहरूमध्ये ग्राेलाप्रथाबाट २ सय ९९ जनाले थप १० कित्ता शेयर पाएका छन् । 

उक्त आइपिओमा १९ हजार १ सय ९८ जना आवेदकहरुले १७ लाख ४५ हजार ३ सय ५३ कित्ताको लागि आवेदन दिएका थिए । याे आयोजना प्रभावित स्थानियहरूका लागि माग गरिएकाे भन्दा २०.३७ प्रतिशत बढी आवेदन हाे ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

अब दाेश्राे चरणमा कम्पनीले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर  (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको