Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंकका सिईओलाई विभूषण प्रदान

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०७७, १६ : १७ मा प्रकाशित

राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंकका सिईओलाई विभूषण प्रदान

राष्ट्रपति विद्यादेवी भन्डारीले एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरेकी छिन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा मिति २०७७/१२/२७ मा राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच राष्ट्रपतिबाट उक्त विभूषण प्रदान गरिएको हो । साथै, सोही विशेष समारोहकाबीच राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरिन् । 

यस अवसरमा प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धकलाई सम्पूर्ण बैंक परिवारले बधाई ज्ञापन गर्दै राष्ट्रपति तथा नेपाल सरकारप्रति कृतज्ञता जाहेर गरेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको