Like us!
Follow us!
Connect us!
Watch us!

हल्लाको पछि नलागौं, सेयर बजार आम्दानीको राम्रो श्रोत हो : पुँजीबजार संघ अध्यक्ष संरक्षणा चौधरी (भिडियोसहित )

अर्थ संसार टक

आइतबार, २९ चैत्र २०७७, ११ : १२ मा प्रकाशित

बजारमा चल्ने हल्लाहरूको पछाडी नलागी लगानी गर्ने हो भने सेयर बजार आम्दानीको राम्रो श्रोत रहेको नेपाल पुँजीबजार संघकी अध्यक्ष तथा लगानीकर्ता संरक्षणा चौधरीले बताएकी छिन् ।

अर्थसंसार डटकमको कार्यक्रम अर्थसंसार टकसँगको कुराकानीमा उनले हल्लाको पछाडी नलागी लगानी गर्ने हो भने यो क्षेत्र नराम्रो नरहेको बताएकी छिन् । तर अरू क्षेत्रमा लगानी गरिरहने तर महामारीले गर्दा अन्य क्षेत्रमा लगानी गर्न नपाएर भर्खरै यो क्षेत्रमा प्रवेश गरेका लगानीकर्ताहरूलाई भने खतरा हुने उनी बताउँछिन् ।

उनी भन्छिन्, “बजारमा कसैले हल्लाकै भरमा कमाइरहेका हुन्छन्, कसैले हल्लाकै भरमा किनेर गुमाइरहेका हुन्छन् ।"

अहिले बजार बियरिस ट्रेन्डबाट बुलीस ट्रेन्डमा गइरहेको बजार रहेको तर बुल भने अझै सुरू नभइसकेको उनी बताउँछिन् । कोरोनाका कारण अरू क्षेत्रमा झट्टै हात हाल्ने स्थिती नरहेको हुनाले पनि सेयर बजारमा लगानी गर्नेहरू बढिरहेका र नेप्से बढेको उनको तर्क छ । लगानीको क्षेत्र खुम्चिँदा सेयर बजार लगानी गर्ने अवसर बनेको उनी बताउँछिन् ।

पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीसँग अर्थ संसार टकका लागि अर्थसंसार डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको