Like us!
Follow us!
Connect us!
Watch us!

किसान लघुवित्तको एफपीओलाई रेटिङ कति?

अर्थ संसार

सोमबार, ३० चैत्र २०७७, १६ : ५७ मा प्रकाशित

किसान लघुवित्तको एफपीओलाई रेटिङ कति?

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे एफपीओको रेटिङ सम्पन्न गरेको छ ।

संस्थाको एफपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

संस्थाले १२ लाख ९८ हजार २ सय ५९ कित्ता एफपीओ निष्कासन गर्न लागेकाे हो । संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ हुनेछ ।

संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको