Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार

मंगलबार, ३१ चैत्र २०७७, १० : १४ मा प्रकाशित

आईएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

आईएमई जनरल इन्स्योरेन्स लिटिमेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंगलबार) रहेको छ।

कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि वैशाख २ गतेबाट बुक क्लोज गर्ने निर्णय गरेको छ। भोलि वैशाख १ (नयाँ वर्ष) को सार्वजनिक बिदा भएकोले आज चैत ३१ गतेसम्म कायम सेयरधनीहरुमा लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई  ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमारहेका छन्।

उक्त प्रस्तावित लाभांश कम्पनीको वैशाख १२ गते हुने वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ। कम्पनीको उक्त सभाले बोनस सेयर वितरण गरेपछि कायम चुक्तापुँजीबाट ४०% हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पनि पारित गर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको