नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी "CORPORATEPAY" प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुखकार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलबभुक्तानी, भेन्डर पेमेन्ट,सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत connectIPS अथवा NCHL-IPS मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन् ।
CORPORATEPAY मा आबद्ध हुनकालागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छर स्विकृती लगायतका आवश्यक प्रकृया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यस पश्चातभने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा भित्र कुनैपनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नताबिना नै गर्न सक्दछन्, भने सो सीमाभन्दा बढिको कारोबार गर्न भने बैंकले थपचेक जाँचपश्चात प्रोसेस हुने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन multi-layer authentication को सुरक्षित व्यवस्था गरिएको छ भने, कुनै पनि कारोबार प्रविष्ट गर्न र अप्रुभ गर्नग्राहक आफैले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै ग्राहकले आवश्यक्ता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबारगर्न सकिने प्रावधान रहेको छ ।
यो CORPORATEPAY प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ । यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाईनबाट नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढि सहज हुने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस