Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको खुद मुनाफा ३७.७४ प्रतिशतले घट्दा, वितरणयोग्य नाफामा पनि भारी गिरावट

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, ०८ : ४८ मा प्रकाशित

नेपाल एसबिआई बैंकको खुद मुनाफा ३७.७४ प्रतिशतले घट्दा, वितरणयोग्य नाफामा पनि भारी गिरावट

नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा गिरावट आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ९६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३७.७४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि घटेर ३३ करोड ९२ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ९८ करोड ६१ लाख १८ हजार रुपैयाँमा सिमित थियो । अघिल्ले आर्थिक बर्षको तुलनामा समिक्षा अवधिमा बैंकको वितरणेग्य मूनाफा ६५ प्रतितशले कम हो ।

समिक्षा अवधीमा बैंकले १ खर्ब ६ अर्ब २३ करोड ८४ लाख बढी निक्षेप संकलन गरी ४ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा ०.२३ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा स्मेत ०.२३ प्रतिशतमा स्थिर छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ८६ करोड ६१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो जुन २९.१४ प्रतिशतले कम हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ३८.५२ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब २० करोड ७६ लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ९० करोड ३९ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार ५ अर्ब ८२ करोड ५६ लाख रुपैयाँमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ १२ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ११ पैसाले घटेको छ । त्यसैगरी बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ १९ पैसा पुगेको छ बैंकको पीई रेसियो ४०.४१ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको