Like us!
Follow us!
Connect us!
Watch us!

पत्थरको मुटुबाट १६ सय डलर कमाएँ : विजय पुन

अर्थ संसार

मंगलबार, ३१ चैत्र २०७७, १२ : २४ मा प्रकाशित

पत्थरको मुटुबाट १६ सय डलर कमाएँ : विजय पुन

विजय पुनले सत्य कथामा आधारित पत्थरको मुटु गीतबाट १६ सय डलर कमाएको बताएका छन् ।

अर्थसंसार डटकमको कार्यक्रम आर्थिक प्रश्नको कुराकानीमा पुनले पत्थरको मुटु नामक गीतबाट १५ देखि १६ सय डलर कमाएको बताएका हुन् । उक्त गीत उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । उनको गीतलाई ४२ लाख ९५ हजारभन्दा बढीपटक हेरिएको छ । उनी पत्थरको मुटुबाट नै चर्चामा आएका थिए ।

आर्थिक कुराकानी गर्ने क्रममा उनले पैसाको परिभाषा दिँदै पैसा भगवान हैन तर भगवान भन्दा कम नरहेको बताए । आजकाल पैसा बिना केही काम पनि नबन्ने बताउँदै उनले पैसा भगवान भन्दा पनि ठूलो भएको बताएका छन् ।

उनले आफूले पहिलो पारिश्रमिकको रूपमा ७ हजार रूपैयाँ लिएको बताएका छन् । उक्त रकम उनले एउटा कार्यक्रम सञ्चालन गरे बापत कमाएका थिए । 

सेयर बजारको कुरा गर्दा उनले आफूले सेयर बजारमा लगानी नगरेको बताएका छन् । आफूलाई सेयर बजारको ज्ञान नभएर लगानी नगरेको उनी बताउँछन् ।

त्यस्तै, उनले कलाकारिताको क्षेत्रमा लागेर जीवीको पार्जन गर्न गाह्रो हुने बताएका छन् । उनी भन्छन्, "दिनहुँ हजारौँ भिडियोहरू आइरहेका हुन्छन् । ती मध्ये चल्ने भनेको एउटा दुईटा मात्रै हो । त्यो चल्नेभित्र पर्नका लागि आफूले केही फरक गर्नुपर्छ ।"

उनीसँग गरिएको आर्थिक कुराकानी तल प्रस्तुत गरिएको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको