Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट

अर्थ संसार

मंगलबार, ३१ चैत्र २०७७, १७ : ३४ मा प्रकाशित

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म छुट

नयाँ वर्ष २०७८ ले सम्पूर्ण ग्राहकहरूमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एन आई सी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । 

यस आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace र Stopgrab बाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका ग्राहकहरूले ई–कमर्शमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू.१५०० सम्म नगद रकम फिर्ता (Cash Back) प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले Darazसँग सहकार्य गर्दै ग्राहक महानुभावहरूलाई ई–कमर्श मार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम रू.१५०० सम्म छुटको योजना समेत ल्याएको छ । 

नेपालमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नुहुनेछ । साथै, बैंकले Kathmandu Marriott Hotel र New Year Eve को दिन सेवा लिई यस बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने योजना समेत ल्याएको छ । 

बैंकले म्युजिक नेपालसँग सहकार्य गरी MOMO App मार्फत NICASIA2078  कुपन कोड प्रयोग गरी आफ्नो ग्राहक महानुभावहरूको लागि निःशुल्क रुपमा एक महिनाको लागि Subscription हुने गरी विभिन्न लोकप्रिय गीत तथा संगीत सुन्न तथा चलचित्र हेर्न सकिने व्यवस्था गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको