रुरु जलविद्युत् परियोजना लिमिटेडले जारी गरेको आईपीओको आज बाँडफाँड हुँदैछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आईपिओ बाँडफाँडको काम विहान ८ बजे क्यापिटलको केन्द्रिय कार्यालय नक्सालमा हुने भएको छ ।
कम्पनीले चैत्र २० गतेदेखि चैत्र २४ गते सम्म निश्कासन गरेको आईपीओमा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ६१.६५ गुणा बढी हो ।
अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी ९८ प्रतिशत भन्दा धेरै अर्थात् १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आवेदकको हात खाली हुनेछ ।
कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस