मेन्छियाम हाइड्रोपावर लिमिटेडको ४३ लाख ७ हजार १०३ कित्ता सेयरको लकइन अवधि आउँदो वैशाख १२ गतेबाट समाप्त हुने भएको छ । कम्पनीको संस्थापकतर्फको ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दातर्फको ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीतर्फको ३ हजार २४० कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको हो ।
आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारी तर्फको सेयर लकइनमा राख्नु पर्ने प्रावधान छ । लकइन अवधि सकिएपछि उक्त सेयर कारोबार गर्न सकिनेछ । तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीले भने नियमानुसार कारोबार गर्न सक्ने छैनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस