Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा उदयपुरको लालपत्तामा

अर्थ संसार

शुक्रबार, ०३ बैशाख २०७८, १६ : ४७ मा प्रकाशित

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा उदयपुरको लालपत्तामा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको लालपत्तामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले उदयपुरको त्रियुगा नगरपालिका –०६ लालपत्तामा १०९ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । 

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको