Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले बोलायो साधारणसभा, लाभांश पारित गरिने

अर्थ संसार

सोमबार, २१ असोज २०८१, ०७ : २७ मा प्रकाशित

सिटिजन्स बैंकले बोलायो साधारणसभा, लाभांश पारित गरिने

सिटिजन्स बैंकको १८औँ वार्षिक साधारणसभा कात्तिक १२ गते बस्ने भएको छ। बैंक सञ्चालक समितिको असोज २० गतेको बैठकले बिहान ९ बजे डिल्लीबजार कालिकास्थानस्थित अमृतभोगमा सभा बोलाएको हो।

बैंकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाखको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ लाभांश प्रस्ताव गरिसकेको छ। आगामी साधारणसभाले पारित गर्नेछ।

त्यस्तै, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्नेछ। तर, त्यसका लागि प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ। 

बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन र नेपाल राष्ट्र बैंकको स्वीकृति लिई सञ्चालकको बैठक भत्ता तथा सुविधा वृद्धि गर्ने गरी नियमावलीमा संशोधन प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २९ गते बुक क्लोज गर्दैछ। असोज २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाएर लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको