Like us!
Follow us!
Connect us!
Watch us!

लाभांसको प्रस्ताव सहित सिटिजन्स बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, ०५ असोज २०८०, ०८ : ३८ मा प्रकाशित

लाभांसको प्रस्ताव सहित सिटिजन्स बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

सिटिजन्स बैंकले आफ्नो सत्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सभमा बैंकले २०७९/८० को मुनाफाबाट लाभासं पारित गर्ने प्रस्ताव अगाडी सारेको छ। बैंकले  यस अगि नै आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरिसकेको थियो । जसअनुसार  हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाखको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६ सय ५२ रुपैयाँ ९६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव सभमा अगाडी सरेको छ। 

साधारणसभाबारे थप जानकारी 

मिति, स्थान र समय

मिति :असोज २६ गते
स्थान :काठमाडौँको डिल्लीबजार स्थित अमृतभोगमा
समय: विहान ११:०० बजे

कम्पनीले प्रस्तुत गरेका प्रस्ताव 

१. आ.व. २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०७७/०४/०१ देखि २०८०/०३/३१ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने ।

३.सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५.७९ प्रतिशतका दरले हुन आउने रु. ८२,२१,६१,६५२.९६ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (कम्पनी ऐन, २०६३ को दफा १११(३) बमोजिम बहालवाला लेखापरीक्षक श्री जे. के. एण्ड एस.एस. एसोसिएटस्, चार्टड एकाउन्टेन्टस् पुनः नियुक्त हुन योग्य हुनुहुन्छ )।

५. बैंकको नियमावली अनुसार समूह 'क' का संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद (तीन) र समूह 'ख' का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद १(एक) को निर्वाचन गर्ने ।

विशेष प्रस्तावहरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने (मर्ज गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्त्व तथा कारोवारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने 

बुक क्लोज कहिले ?

बैंकले साधारणसभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज तय गरेको छ । जस अनुसार असोज १४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको