Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गस लाउञ्जमा विशेष छुट प्राप्त गर्ने

अर्थ संसार

सोमबार, ३० चैत्र २०७७, १४ : २९ मा प्रकाशित

सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गस लाउञ्जमा विशेष छुट प्राप्त गर्ने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले किङ्गस लाउञ्जमा विशेष छुट प्राप्त गर्ने भएकाम छन् । बैंकको कार्डवाहकहरूलाई किङ्गस् लाउञ्जबीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भए पश्चात् उक्त बैंकका ग्राहकहरुले छुट प्राप्त गर्ने भएका हुन् ।

किङ्गस् लाउञ्जसँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । 

साथै बैकले हालै USD E-Com कार्डको सुरुवात गरेको छ जस अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् । यसरी लोड गरिएको रकम बिदेशी मुद्रामा अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न प्रयोग गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको