Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको ८ वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

अर्थ संसार

शनिबार, ०४ बैशाख २०७८, ०६ : ५१ मा प्रकाशित

सिभिल बैंकको ८ वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

सिभिल बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता २ सय ४३ रूपैयाँ रहेकाे छ । 

बैंककाे ८ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा १०.७९ प्रतिशत लाभांश (१०.२५ प्रतिशत बाेनस र ०.५४ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७२/७३ मा ३.०३ प्रतिशत लाभांश (२.८८ प्रतिशत बाेनस र ०.१५ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

बैंककाे सेयरमा ८ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर ३४ हजार रूपैयाँ भन्दा माथी पुगेकाे छ । 

यस्ताे छ सिभिल बैंक लिमिटेड​को ८ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५.७५ नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।

२. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ७ प्रतिशत बाेनस र १.५ प्रतिशत नगद गरि कूल ८.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ६.७५ प्रतिशत बाेनस र ०.३५ प्रतिशत नगद गरि कूल ७.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २.८८ प्रतिशत बाेनस र ०.१५ प्रतिशत नगद गरि कूल ३.०३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १०.२५ प्रतिशत बाेनस र ०.५४ प्रतिशत नगद गरि कूल १०.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ४.०५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस दिएकाे थिएन ।

७. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ६.५७ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

यो पनि पढ्नुहोस्

एनएमबि बैंकको ९ वर्षको लाभांश इतिहास : सेयरधनी हजारबाट लखपति बने !

नौ कम्पनीको २ अर्ब ९४ करोड बराबरको आईपीओ बजारमा आउँदै

सेयर बजारमा जोखिम बढ्यो,लगानीकर्ताले कुन बेला घट्छ अनि प्रवेश गर्ने भनेर सोच्नुपर्छ |Pallavraj Nepal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको