Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको ९ वर्षको लाभांश इतिहास : सेयरधनी हजारबाट लखपति बने !

अर्थ संसार

शुक्रबार, ०३ बैशाख २०७८, ०० : ०० मा प्रकाशित

एनएमबि बैंकको ९ वर्षको लाभांश इतिहास : सेयरधनी हजारबाट लखपति बने !

एनएमबि बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ४ सय ४० रूपैयाँ रहेकाे छ । 

बैंककाे ९ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/७६ मा ३५ प्रतिशत लाभांश (२१ प्रतिशत बाेनस र १४ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७१/७२ मा ८.४२ प्रतिशत लाभांश (८ प्रतिशत बाेनस र ०.४२ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

बैंककाे सेयरमा ९ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर एक लाख १७ हजार ४ सय ८० रूपैयाँ पुगेकाे छ । ९ वर्षमा बैंकका लगानीकर्ताहरूले १०७० प्रतिशतभन्दा बढी मुनाफा हासिल गरेका छन् ।

यस्ताे छ एनएमबि बैंक लिमिटेड​को ९ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना ९ प्रतिशत नगद लाभांश मात्र वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश मात्र वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.७८९५ प्रतिशत नगद गरि कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र २० प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बाेनस र १४ प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस र ३.२ प्रतिशत नगद गरि कूल १६.२ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको