Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको १० वर्षको लाभांश इतिहास : आईपीओ राख्ने सेयरधनी लखपति !

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, १६ : ४३ मा प्रकाशित

एभरेष्ट बैंकको १० वर्षको लाभांश इतिहास : आईपीओ राख्ने सेयरधनी लखपति !

एभरेष्ट बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ८ सय ११ रूपैयाँ रहेकाे छ । 

बैंककाे १० आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा ७३.६७५ प्रतिशत लाभांश (७० प्रतिशत बाेनस र ३.६७५ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७६/७७ मा १०.५३ प्रतिशत लाभांश (५ प्रतिशत बाेनस र ५.५३ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

बैंककाे सेयरमा १० वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर ४ लाख २ हजार २ सय ५६ रूपैयाँ पुगेकाे छ । त्यस्तै, लगानीकर्ताहरूले आफूले लगानी गरेभन्दा २ गुणा बढी रकम नगद लाभांशबाट प्राप्त गरिसकेका छन् ।

यस्ताे छ एभरेष्ट बैंक लिमिटेड​​को १० वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ५० प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ५०.५३ प्रतिशत नगद गरि कूल ६०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र ५० प्रतिशत नगद गरि कूल ६२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ६.५७ प्रतिशत नगद गरि कूल ३६.५७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ७० प्रतिशत बाेनस र ३.६७५ प्रतिशत नगद गरि कूल ७३.६७५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई ३३ प्रतिशत बाेनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र २० प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र ५.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

सेयर बजारमा जोखिम बढ्यो,लगानीकर्ताले कुन बेला घट्छ अनि प्रवेश गर्ने भनेर सोच्नुपर्छ |Pallabraj Nepal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको