Like us!
Follow us!
Connect us!
Watch us!

संस्थागत लगानीका लागि थप ९ संस्थालाई सेबोनको अनुमति

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १२ : १२ मा प्रकाशित

संस्थागत लगानीका लागि थप ९ संस्थालाई सेबोनको अनुमति

नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप ९ कम्पनीहरुलाई स्वीकृति प्रदान गरेको छ ।

बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न थप ९ वटा कम्पनीलाई स्वीकृति प्रदान गरेको हो। 

 स्वीकृति प्राप्त गर्ने कम्पनीहरुमा सिद्धार्थ इन्स्योरेन्स, जय गणेश इन्भेस्टमेन्ट कम्पनी, आईसीएफसी फाइनान्स, जे–नेक्स इन्भेस्टमेन्ट, मुक्तिनाथ विकास बैंक, पोखरा फाइनान्स, स्वाभिमान लघुवित्त, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स र नेपाल बैंक रहेका छन्। 

योसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न अनुमति पाउने कम्पनीको संख्या ८३ पुगेको छ। 

607d23e7a74c5.jpg 607d23eac8f66.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको