सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख गरेको हो ।
मन्त्रिपरिषद् बैठकले विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।
सरकारले डान्स बार, क्लब, दोहोरी साँझ, स्वीमिङ पुल, पार्टी प्यालेस, जिमखाना, रात्रिकालीन लगायत व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले बैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस