नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन कुमार श्रेष्ठले समग्र बजेटलाई हेर्दा धेरैजसो विषयलाई सम्बोधन गर्न खोजेजस्तो देखिएको टिप्पणी गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटपछि सिंहरदबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिने क्रममा उनले प्रतिबद्धता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।
उनले समग्र बजेट हेर्दा आफूहरू उत्साहित भएको भए पनि विस्तृत भने हेर्न बाँकी रहेको टिप्पणी गरे । ‘समग्र बजेट सुन्दा हामी उत्साहित छौं । तर डिटेल्स अझै हेर्न बाँकी नै छ,’ उनले भने, ‘समग्र बजेट हेर्दा सरकारले सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ । डिटेल्समा त अझै गएको छैन । करका दर घटाउन खोजेको जस्तो देखिन्छ ।
कृषिलाई पनि प्रोत्साहन गर्न खोजेको उनले बताए । ‘अनुदानको नयाँ मोडालिटि पनि ल्याउन खोजेको देखिन्छ । पूर्वाधारमा थुप्रै कुरा गरेको देखिन्छ,’ उनले भने । अहिलेको सरकार दुई तिहाइको भएको र पहिलाका भन्दा अलि सिरियस भएर बजेट ल्याएको जस्तो उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस