Like us!
Follow us!
Connect us!
Watch us!

बजेटले कृषिलाई बढी प्राथमिकता दिएको देखिन्छ - उपाध्यक्ष श्रेष्ठ

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १८ : ३६ मा प्रकाशित

बजेटले कृषिलाई बढी प्राथमिकता दिएको देखिन्छ - उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्याग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटले कृषिलाई बढी प्राथमिकता दिएको बताएका छन् । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले सार्वजनिक गरेको बजेट पछि अर्थसंसारसँग छोटो प्रतिक्रिया दिदैँ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघले दिएका केही सुझाबहरु बजेटमा समावेश भएको र कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा हेर्नुपर्ने उनले बताए । कच्चा पदार्थको भन्सार महशुल घटाउने, व्यक्तिगत रुपमा १० लाखसम्मको कर नलाग्ने कुराहरुले सकारात्मक प्रभाव पार्ने श्रेष्ठको भनाइ छ । नगद अनुदाननका विषयमा यो बजेटमा केही कुरा पनि उल्लेख नभएको अवस्थाले केही मात्रामा गारो देखिने सम्भावना रहेको उनले बताए । 

अर्को तर्फ प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिता गराउने कुराले निजी क्षेत्र उत्साहीत भएको उनले बताए । कृषिमा बजेट बटाएकाले कृषिका लागि राम्रो भन्न सकिने उनले बताए । राजस्वको लक्ष्य कसरी हासिल गर्छ यो सरकारलाई चुनौति हुने उनको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको