गोबिन्द चेम्जोङ लिम्बूले आफू एकदमै खर्चालु रहेकाे बताएका छन् । अर्थसंसार डटकमको कार्यक्रम आर्थिक प्रश्नको कुराकानीमा लिम्बूले आफूले कसैले नसोचेको खर्च गर्ने बताएका हुन् ।
सेयर बजारको कुरा गर्दा उनले आफूले प्राथमिक सेयर बजारमा लगानी गर्ने गरेको बताएका छन् । उनले भर्खर भर्खरै आईपीओ भर्न सुरू गरेकाे बताएका छन् । दाेश्राे बजारकाे बारेमा भने आफूलाई ज्ञान नभएर प्रवेश नगरेको उनी बताउँछन् ।
आर्थिक कुराकानी गर्ने क्रममा उनले पैसाको परिभाषा दिँदै पैसा नै सबैथाेक हैन तर पैसाकाे खाँचाे भने हुने बताए । आजकाल पैसा बिना केही काम पनि नबन्ने उनले बताएका छन् ।
त्यस्तै, उनले कलाकारिताको क्षेत्रमा लागेर जीवीको पार्जन गर्न गाह्रो हुने बताएका छन् । उनी भन्छन् बाँच्नसम्म त गाह्रो पर्दैन तर राम्ररी बस्छु भन्नलाई भने सकिँदैन ।
उनीसँग गरिएको आर्थिक कुराकानी तल प्रस्तुत गरिएको छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस