रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका हो । फाइनान्सले बैशाख १० गते साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थको लागि बुक क्लोज गर्दैछ । तसर्थ, बैशाख ९ गते अर्थात आज सम्मका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
फाइनान्सले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजादै छ । बैशाख २२ गते एघारौँ वार्षिक साधारण सभा हुँदैछ । सभा लैनचौर बैंक्वेट, लैनचौरमा भर्चुअल माध्यमबाट सञ्चालन गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस