Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : ८७.३९ अंकले घट्यो नेप्से परिसूचक

नेप्से

शनिबार, ११ बैशाख २०७८, ०८ : ३५ मा प्रकाशित

साताको सेयर बजार : ८७.३९ अंकले घट्यो नेप्से परिसूचक

 याे साता सेयर बजार त्यस्ताे सुखद रहेन । गत साता ३ दिन खुलेर हरेक दिन नयाँ नयाँ रेकर्ड बनेको बजार यस साता भने धेरै जसाे घटेकाे छ । यस साता समग्र मुलुकमा काेराेनाकाे त्रासले गर्दा बजार घटेकाे हुनसक्ने विश्लेषकहरूकाे तर्क छ ।

यस साता नेप्से परिसूचक ८७ दशमलव ३९ अंकले घटेर २६ सय ४८ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक  ६१ दशमलव ४ अंकले बढेर २७ सय ३५ दशमलव ३९ विन्दुमा रोकिएको थियो । 

यस साता ५ दिन खुलेको बजारमा ३ दिन बजार घटेकाे थियाे भने बाँकी २ दिन नेप्सेले उकालाे यात्रा तय गरेकाे थियाे ।

नेप्से परिसूचकसँगसँगै कारोबार रकममा पनि यस साता घटेकाे छ । गत साता औसतमा दैनिक ७ अर्ब ७९ करोड भन्दा माथीको कारोबार भएकोमा यस साता औसतमा दैनिक ६ अर्ब ४६ कराेडकाे मात्र माथीको कारोबार भएको छ ।  

बजार पुँजीकरणको कुरा गर्नुपर्दा गत साता ३७ खर्ब ८७ अर्ब रहेको बजार पुँजीकरण यस साता १ खर्ब २० अर्ब रुपैयाँले घटेर ३६ खर्ब ६६ अर्बमा झरेकाे छ ।

यस्तै, यस साता कारोबारमा आएका सबै उपसमूहका परिसूचक घटेका छन् । 

यस साता पनि सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता नै अग्र स्थानमा रहेका छन् । स्वदेशी लघुवित्तसँग मर्जरका कारण लामो समयसम्म एनआइसीको सेयर कारोबार रोक्का रहेको थियो । कारोबार खुलेसँगै संस्थाको सेयर लगातार सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।

सेयर सूचीकरणको कुरा गर्नुपर्दा यस साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ७ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा ७ कम्पनीको ४ करोड ५ लाख ५१ हजार ५११ दशमलब २९ कित्ता सेयर सूचिकृत भएको हो । जसमध्ये ५ कम्पनीको बोनस सेयर र बाँकी ३ कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको