Like us!
Follow us!
Connect us!
Watch us!

बार्षिक २०% भन्दा बढी प्रतिफल दिने म्युचुअल फण्डः एनआइबिएल एस क्यापिटलका प्रमुख कार्यकारीसँग कुराकानी (भिडियोसहित)

अर्थ संसार टक

शनिबार, ११ बैशाख २०७८, ०९ : २९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सहायक कम्पनी एनआईबिएल एस क्यापिटलले यही बैशाख १३ गतेबाट एनआईबिएल समृद्धि फण्ड २ नामको म्युचुअल फण्ड निस्कासन गर्दैछ । 
यस अघि दुई वटा बन्दमुखी र एउटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आएको कम्पनीको यो चौथो योजना हो । नयाँ योजनाको आकार १ अर्ब २० करोड छ । 

म्यअुअल फण्डको प्रबन्धक एनआइबिएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा नयाँ योजना पनि लगानीकर्ताहरुका लागि आकर्षक अबसर हुने बताउँछन् । एनआईबिएल म्युचुअल फण्डको पहिलो योजना “एनआईबिएल समृद्धि फण्ड १” को अबधि आगामी पुसमा सकिने भएकाले नयाँ योजना ल्याउनु परेको उनले बताए ।  एनआईबिएल समृद्धि फण्ड १ ले अहिले सम्म लगानीकर्तालाई ६३.५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । यस योजनाको ७ बर्ष अवधि पूरा भई बन्द गर्दा लगानीकर्तालाई ५५ प्रतिशतसम्म फिर्ता गर्न सकिने अबस्था रहेको थापाले बताए । 

एनआईबिएल समृद्धि फण्ड २ आगामी १० वर्षसम्म संचालन हुने छ । यस अयोजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख १६ गते हुनेछ भने ढिलोमा बैशाख २७ गते हुनेछ।एनआइबिएल एस क्यापिटले यस योजनामा लगानीहरुले बार्षिक २१.४३ प्रतिशतसम्म प्रतिफल दिन सक्ने प्रक्षेपण गरेको छ । 

नआइबिएल एस क्यापिटलले संचालन गरिरहेका म्युचुअल फण्डहरु, यिनीहरुले दिने प्रतिफल, म्युचुअल फण्डको सेयर बजारमा प्रभाव लगायतका विषयमा अर्थसंसार टकका लागि अर्थसंसार डटकमका प्रधान संपादक लीलानाथ घिमिरेले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको