Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को न्याभ बढ्यो

अर्थ संसार

आइतबार, १२ बैशाख २०७८, १३ : ३९ मा प्रकाशित

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को न्याभ बढ्यो

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले २०७७ साल चैत्र मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

चैत्र मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १७ रुपैयाँ ३७ पैसा पुर्याएकाे छ । उक्त मूल्य फागुन मसान्तकाे तुलनामा १.३ रुपैयाँले धेरै हाे । फागुन मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ३४ पैसा रहेकाे थियो ।

त्यसैगरी, चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी एक अर्ब २५ करोड ९७ लाख ४३ हजार रुपैयाँ  पुगेकाे छ । उक्त लगानी  फागुन मसान्तकाे तुलनामा ५ करोड ५० लाख ७६ हजार रुपैयाँले धेरै हाे । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब २० करोड ४६ लाख ६७ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।  

त्यस्तै,  फण्डले विभिन्न प्रकारका ५६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे चैत मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

608521463972c.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको