Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयरमा लगानी बढ्यो, न्याभ कति ?

अर्थ संसार

मंगलबार, ११ जेठ २०७८, १० : २० मा प्रकाशित

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयरमा लगानी बढ्यो, न्याभ कति ?

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ले २०७८ साल वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

वैशाख मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्ति घटेको छ । यो अवधिमा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य १७ रुपैयाँ ०८ पैसा पुगेको छ । उक्त मूल्य चैत मसान्तकाे तुलनामा ०.२९ रुपैयाँले थोरै हाे । चैत मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १७ रुपैयाँ ३७ पैसा रहेकाे थियो ।

त्यसैगरी, वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी एक अर्ब ३२ करोड ४५ लाख २ हजार रुपैयाँ भन्दा धेरै पुगेकाे छ । उक्त लगानी चैत मसान्तकाे तुलनामा ६ करोड ४७ लाख ५९ हजार रुपैयाँले धेरै हाे । चैत मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब २५ करोड ९७ लाख ४३ हजार रुपैयाँ लगानी गरेकाे थियाे । त्यस्तै,  फण्डले विभिन्न प्रकारका ५६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे चैत मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60ac7ee01c3c7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको