Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको नाफा ९१.६१ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

मंगलबार, १४ बैशाख २०७८, १२ : ४२ मा प्रकाशित

स्वरोजगार लघुवित्तको नाफा ९१.६१ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ९१.६१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ८७ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २३ करोड ७ लाख १५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३७.५४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १६ करोड ७७ लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन मुनाफा पनि ६ करोड २० लाख रुपैयाँबाट बढेर ८ करोड ८३ लाख रूपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ४१ करोड ४२ लाख रुपैयाँ, जगेडा कोषमा १६ करोड ५२ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

6087b770e8e00.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको