Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको नाफामा उछाल,  ईपीएस कति ?

अर्थ संसार

मंगलबार, १४ बैशाख २०७८, १३ : ५९ मा प्रकाशित

साधना लघुवित्तको नाफामा उछाल,  ईपीएस कति ?

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २९७.१४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ९० लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १५ करोड ९५ लाख ८४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ११२.५७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ५० लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन मुनाफा पनि ६८४.७५ प्रतिशतले बढेर ९ करोड ४२ लाख ५७ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन मुनाफा एक करोड २० लाख ११ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २५ करोड ६९ लाख रुपैयाँ, जगेडा कोषमा ९ करोड ४० लाख रुपैयाँ, प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६१ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

6087c823189d8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको