धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे काराेबार प्रति कित्ता ३०० रूपैयाँमा भएकाे छ । कम्पनीकाे ३० कित्ता सेयर प्रति कित्ता ३०० रूपैयाँमा भएकाे हाे ।
मंगलबार कम्पनीकाे एक करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।
कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका SHELसंकेत प्रदान गरिएको छ । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस