Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको एक बराबर एक हकप्रदमा आजदेखि आवेदन दिन सकिने

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, ०८ : २२ मा प्रकाशित

सिंगटी हाइड्रोको एक बराबर एक हकप्रदमा आजदेखि आवेदन दिन सकिने

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज (फागुन २ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ बराबर १ हकप्रद सेयरमा आवेदन खुलाएको हो। 

कम्पनीले हालको पुंजी १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले अर्बिट इनर्जी प्रा. लि. र ह्याबिटाट पावर कम्पनी प्रा. लि. मा लगानी गर्ने र ६५ करोड रुपैयाँ ऋण भुक्तानी गर्न कम्पनीले हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कसले दिन सक्छन आवेदन ?

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरिसकेको छ। जस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र यस हकप्रदमा आवेदन दिन पाउनेछन। 

कहिले सम्म दिने आवेदन ?
हकप्रदमा आज फागुन २ देखि यहि महिनाको २२ गतेसम्म आवेदन दिन सकिनेछ।

रेटिङ्ग 
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

बिक्री प्रबन्धक 
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

कहाँ बाट दिने आवेदन ?
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको