Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रो इनर्जीको अवितरित हकप्रद बाँडफाँड, कट अफ मूल्य कति ?

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, ०८ : ३६ मा प्रकाशित

सिंगटी हाइड्रो इनर्जीको अवितरित हकप्रद बाँडफाँड, कट अफ मूल्य कति ?

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लिलामी बोलकबोल प्रक्रिया मार्फत बिक्रीमा राखिएको सेयरको बाँडफाँड गरिएको छ।  

कम्पनीको ४६ लाख ११ हजार ५३९ कित्ता अवितरिक हकप्रद सेयर गत वर्षको चैत १२ गतेदेखि २० गतेसम्म बोलकबोल 
प्रक्रियामार्फत बिक्रीमा राखिएको थियो। उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र चैत २७ गते खोलिएको थियो । 

बाँडफाँडको कट अफ मूल्य प्रतिकित्ता १४५ रुपैयाँ रहन पुगेको यस लिलामको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ।  

बाँडफाँडमा नपरेको रकम आजदेखि आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत जम्मा गरिने सूचनामा उल्लेख छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको