Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्याे सिंगटी हाइड्रोकाे हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

आइतबार, २४ असार २०८०, १० : ५१ मा प्रकाशित

अघि बढ्याे सिंगटी हाइड्रोकाे हकप्रद निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे शतप्रतिशत हकप्रद सेयरकाे प्रक्रिया अघि बढेकाे छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेकाे छ । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्न कुमारी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे हाे । साे सम्बन्धी सम्झाैतापत्रमा सिंगटी हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का र कुमारी क्यापिटलकाे तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । 

कम्पनीको जेठ १७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेकाे थियाे ।  कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ कराेड ४५ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ ।

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको