Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोले डाक्यो एजीएम, हकप्रदसहित यस्ता छन् पारित हुने ९ एजेन्डा

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, ११ : १५ मा प्रकाशित

सिंगटी हाइड्रोले डाक्यो एजीएम, हकप्रदसहित यस्ता छन् पारित हुने ९ एजेन्डा

सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीकाे हिजाे (जेठ २२ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले बाह्राैँ र तेह्राैँ वार्षिक साधारण सभा संयुक्त रूपमा असार १३ गते, बुधबार गर्ने निर्णय गरेकाे हाे । कम्पनीकाे साधारण सभा धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ ३१ गते बुकक्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, जेठ ३० गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् । 

वार्षिक साधारण सभामा पेश हुने छलफलका विषयहरु :

(क) सामान्य प्रस्ताव

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ र २०७८ / ७९ को वार्षिक प्रतिवेदन / आर्थिक विवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. कम्पनीका लेखापरीक्षकद्वारा पेश भएको आ.व. २०७७/७८ र २०७८ / ७९ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू सहितको लेखा परीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४. समुह (क) बाट ४ जना र समुह (ख) बाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धमा ।

(ख) विशेष प्रस्ताव

१. कम्पनीको रजिष्टर्ड कार्यालय परिवर्तन गर्नका लागि प्रबन्धपत्रको दफा २ र नियमावलीको नियम २ मा संशोधन गर्ने सम्बन्धमा ।

२. हकप्रद शेयर प्रयोजनका लागि कम्पनीको पूँजी वृद्धि गर्ने गरी प्रबन्धपत्रको दफा ६ को (क), (ख) र (ग) मा संशोधन गर्ने सम्बन्धमा ।

३. कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सञ्चालक समितिको प्रस्तावित निर्णय बमोजिम विद्युत नियमन आयोगबाट सहमती प्राप्ती पश्चात् अनुमोदन तथा पारित गर्ने तथा संस्थापक शेयरधनीहरुबाट शेयर वापतको एडभान्स रकम उठाउने साथै नियमनकारी निकायहरुबाट कुनै संशोधन तथा निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

४. कम्पनीको नियमावली तथा प्रबन्ध पत्रमा संशोधन र हकप्रद शेयर सम्बन्धी पारित प्रस्ताव नियमनकारी निकायहरुबाट स्वीकृत लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नु परेमा सो कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

५. हकप्रद शेयर जारी गर्दा कुनै शेयरधनीले आफूले लिन पाउने हकप्रद शेयर लिने इच्छा नगरेमा हक हस्तान्तरण गर्न र सो वापतको रकम दाखिला गरी अर्को शेयरधनीले हकप्रद शेयर लिन पाउने सम्बन्धमा । (ग) विविध

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको