Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयरका नाममा विकृति, व्यवस्थित गर्न जरुरीः कुबेर श्रेष्ठ, लगानीकर्ता

लगानीकर्ताको आवाज

शनिबार, १८ बैशाख २०७८, ११ : २९ मा प्रकाशित

सेयरबजारमा हकप्रद सेयरका नाममा विकृति मौलाएको अनुभवि लगानीकर्ता कुबेर श्रेष्ठको आरोप छ । नेपाली सेनाका अवकाश प्राप्त मेजर श्रेष्ठ यसलाई ब्यवस्थित गर्नु पर्ने बताउँछन् । झण्डै ३ दशकदेखि नेपालको पूँजीबजारमा लगानी गर्दै आइरहेका छन् । 

पहिलेको तुलनामा अहिले नेपालको सेयर बजारमा धेरै परिवर्तन भएको बताउछन् उनी । अहिले सेयर किनेको दोस्रो दिनमै लगानीकर्ताहरुले ब्रोकरलाई रकम भुक्तानी गर्नुपर्छ ।  ब्रोकरहरुले भने हप्ता दिनमा मात्र सेयर बेचेको पैसा खातामा पठाउँछन् ।

यस्तै पहिले पनि लगानीकर्ताहरुले सेयर खरिद गर्दा ४-५ दिन भित्रमै रकम भुक्तानी गर्नुपर्ने नियम थियो । तर लगानीकर्ताहरुले सेयर बेच्दा भने ब्रोकरहरुले १०-१५ दिनमा मात्र भुक्तानी दिने गर्दथे । जुन गैरन्यायिक रहेको भन्दै दुबै पक्षले भुक्तानी गर्नुपर्ने दिन समान हुनुपर्ने उनको तर्क छ ।

विश्वमा नै अहिले सेयर बजार प्रविधिमैत्री भईरहेको भन्दै उनले अहिले नेपालको सेयर बजार पनि अनलाईनमा जानु धेरै सकारात्मक भएको उनको भनाइ छ  । उनले यसलाई अझै व्यवस्थित बनाएर जानुपर्नेमा जोेड दिए ।  

एक पटक बर्षको डिम्याट खाता बापतको १०० रुपैयाँ शुल्क लिईसकेपछि हरेक कारोबारमा डिपी शुल्कबापत २५ रुपैयाँ शुल्क लिनु भनेको लगानीकर्ताहरुलाई मार्नु भएको बताउँछन् उनी । एउटै कारोबारमा पनि बिभिन्न शिर्षकमा लगानीकर्ताहरुबाट शुल्क असुल गर्दा लगानीकर्ताहरुलाई अन्याय भएको उनको बुझाई छ । 

कतिपय बैंक तथा बित्तीय संस्थाहरुले सिआस्वाबापत हरेक आईपिओमा आवेदन गर्दा चर्को शुल्क असुल गरिरहेको भन्दै यसलाई नियमन गरिनु पर्ने बताउँछन् उनी । सेयरधनीहरुले नै लगानी गरेर बैंकहरुलाई यो अबस्थामा बनाईदिएको भन्दै बैंकहरुले लगानीकर्ताहरुलाई संरक्षण गर्नुपर्ने उनको तर्क छ । 

नेपालमा १० कित्ते प्रणालीले बजारमा बिकृति मौलाएको भन्दै यसलाई व्यवस्थित गर्नु पर्ने उनी बताउँछन् । कुनै पनि कम्पनीमा लगानी गरिसकेपछि लगानीकर्ताहरुले त्यो कम्पनीले कस्तो काम गर्दै छ ? कसरी सञ्चालन भइरहेको छ ? भनेर कम्पनीको साधारणसभामा गएर व्यवस्थापनलाई खबरदारी गर्नुपर्ने बताउछन् उनि ।   

उनै अनुभवी लगानीकर्ता श्रेष्ठसँग गरिएको भिडियो कुराकानीः 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको