Like us!
Follow us!
Connect us!
Watch us!
भिडियो सहित

बाणिज्य बैंकमा गरिएको लगानीले सधैं मुनाफाः ठूला लगानीकर्ता नवराज घिमिरेसँगको कुराकानी

अर्थ संसार टक

शनिबार, १८ बैशाख २०७८, ११ : ५२ मा प्रकाशित

घरजग्गा कारोबारमा जमेका थिए नवराज घिमिरे । दुई दशकअघि उनी एकाएक आइपिओमा लगानी गरेर सेयर बजारमा प्रवेश गरे । त्यसयता उनी सेयर बजारमा सक्रिय छन् । उनले वि.सं. २०६४ देखि घरजग्गा कारोबार र सेयर बजारमा लगानीलाई संगसंगै लगिरहेका छन् ।

सेयर बजारमा गरेको लगानीका तुलनामा घरजग्गामा गरेको लगानीले बढी मुनाफा दिए पनि उनी सेयर बजारको प्रतिफलबाट सन्तुष्ट छन् । घरजग्गाको मूल्य बृद्धि भएर राम्रो आम्दानी देखिएको उनको भनाइ छ ।

उनी सेयर बजारमा पनि ठूला लगानीकर्तामध्ये पर्छन् । उनीमाथि बजारमा हल्ला चलाएर लाभ लिएको, भित्री सूचनाहरु लिएर चलखेल गरेको, ब्रोकरहरुसँग मिलेर कर्नरिंग गरेको पनि आरोप छ । तर, उनी त्यस्ता आरोपलाई अस्वीकार गर्छन् । अहिलेको बुलिस ट्रेन्डमा आफूले गरेको आम्दानीबाट सन्तुष्ट रहेको भन्दै उनले आफ्नो पोर्टफोलियोमा बैंक तथा बित्तीय संस्थाहरुकै सेयर बढी रहकोले उनको भनाइ छ ।

बाणिज्य समुहको सेयरको मूल्य खासै नबढेकाले बुलिस ट्रेन्डमा पनि अन्य लगानीकर्ताहरुको तुलनामा धेरै कमाउन नसकेको बताउछन् उनी । पछिल्लो समयमा नेपालको पूँजी बजारमा हल्लाकै भरमा लगानी गर्ने परम्परा मौलाउँदै गएको भन्दै उनले यसरी लगानी गर्दा लगानीकर्ताहरुले दिर्घकालीन रुपमा पछुताउनु पर्ने उनको तर्क छ ।

नेपालमा इन्साइडर ट्रेडिङ गर्नेहरुलाई नियामक निकायहरुले कारबाही गर्नुको सट्टा सम्मान गर्ने गरिरहेको उनको गुनासाो छ । सेयर संख्या र पूँजी कम भएका कम्पनीहरुको सेयरमा कर्नरिङ भइरहेको हल्ला आफूले पनि सुनेको भन्दै यसका बिषयमा नियामक निकायहरुले अध्ययन अनुसन्धान गरेर संलग्नलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने उनको भनाई छ ।

नेपालको सेयर बजारमा लगानी गर्ने करिब ९० प्रतिशत ट्रेडरहरु असफल हुने भन्दै उनले बुझेर, अध्ययन गरेर मात्र सेयरमा लगानी गर्न नयाँ लगानीकर्ताहरुलाई सल्लाह दिन्छन् । अन्धाधुन्धमा सेयरमा लगानी गर्दा सफल हुन नसकिने उनको अनुभव छ ।

घरजग्गा कारोबारमा अन्धाधुन्ध लगानी गर्दा पनि ९० प्रतिशत सफल र १० प्रतिशत मात्र असफल हुने भन्दै उनले सेयर बजारमा अन्धाधुन्ध लगानी गर्दा भने १० प्रतिशतमात्रै सफल हुने उनको भनाइ छ । आफूले दिर्घकालीन लगानी गर्दा कम्पनीहरुको आधारभुत पक्षहरुलाई हेरेर मात्र लगानी गर्ने गरेको बताउँछन् उनी । लगानीकर्ताहरुले लगानी गर्दा प्राविधिक पक्षहरुलाई हेरेर लगानी गर्दा लगानीकर्ताहरु डुब्न सक्ने उनको बिश्लेषण छ। उनै अनुभवी लगानीकर्ता घिमिरसँग अर्थसंसारका प्रधानसम्पादक लीलानाथ घिमिरेले गरेको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको