मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रोे त्रैमाससम्म आइपुग्दा ५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा २३३.८५ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १ करोड ५३ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । 
कम्पनीको खुद ब्याज आम्दानी ६९.०८ प्रतिशतले बढेर ८ करोड ४६ लाख पुगेको छ । गत वर्षको सोहि अवधिमा यस्तो आम्दानी ५ करोड रुपैयाँ सिमित थियो । 
त्यस्तै सो अवधिसम्म आइपुग्दा संस्थाले ६ करोड ६७ लाख सञ्चालन नाफा कमाएको छ । गत वर्षको सोहि अवधिको तुलनामा यस्तो नाफा १८७.८४ प्रतिशतले धेरै हो । गत वर्ष संस्थाको यस्तो नाफा २ करोड ३१ लाख रुपैयाँ सिमित थियो । 
 
हाल संस्थाको चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ रहेको छ, भने जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ०६ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ २४ पैसा रहेको छ ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस