नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर स्वामित्व परिमार्जन भएकाे छ ।
संस्थाले सेयर स्वामित्व परिमार्जन गर्दै संस्थापक समूहतर्फ ५१% र सर्वसाधारण समूहतर्फ ४९% कायम हुने गरी सेयर स्वामित्व परिमार्जन गरेकाे हाे ।यसअघि कम्पनीका संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो ।
हाल नेप्सेमा कम्पनीको कुल १९ लाख ६० हजार २७ दशमलव ५६ कित्ता सेयर सूचीकृत रहेकाे छ । परिवर्तित सेयर संरचना अनुसार अब संस्थापक समूहको ९ लाख ९९ हजार ६१४ दशमलव ०६ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६० हजार ४ सय १३ दशमलव ५ कित्ता कायम भएको छ ।
परिवर्तित सेयर संरचना अनुसार दुवै समूहको सेयर सूचीकृत गरिएको नेप्सेले जानकारी दिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस