मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएकाे छ ।
संस्थाको बाह्य लेखा परीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आर्थिक वर्ष २०७८ / ०७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा संस्थाको वार्षिक साधारण सभा पौष मसान्तसम्ममा सम्पन्न गर्न नसकिने सूचनामा उल्लेख छ ।
संस्थाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारण सभा चैत्रसम्ममा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस