Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लघुवित्तको नाफामा पहिरो

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, ०७ : ४० मा प्रकाशित

मिथिला लघुवित्तको नाफामा पहिरो

मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा व्यापक गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ४२ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७८.५८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ९९ लाख ११ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ७७ प्रतिशतले घटेर ५३ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड ३७ लाख १८ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३०.६३ प्रतिशतले घटेर २ करोड ३१ लाख २७ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १७ करोड ४ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ८ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १० रुपैयाँ पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ३७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको