Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ लघुवित्तको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, ०६ : १८ मा प्रकाशित

नेप्सेमा २ लघुवित्तको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महिला लघुवित्त वित्तिय संस्था लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको ४७.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार ७ सय ६५ रूपैयाँ ४२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४ हजार ७९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ९ सय २१ रूपैयाँ ७४ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको