Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ५४ अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

नेप्से

आइतबार, १९ बैशाख २०७८, १५ : २७ मा प्रकाशित

नेप्से ५४ अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

निषेधाज्ञाबीच पनि सेयर बजारमा भने उमंग छाएको छ । निषेधाज्ञाले लगानीका अन्य स्रोत बन्द भएपछी लगानीकर्ताहरु सेयर बजारतर्फ आकर्षित भएका छन् । जसले गर्दा सेयर बजारमा उमंग छाएको छ । आज (आइतबार)सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.१० अंकमा पुगेको छ । नेप्से २.०७ प्रतिशतले बढेको हो ।

यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.७८ अंकले बढेर ४७७.८१ अंकले बढेको छ । आज कूल २२६ कम्पनीको एक करोड ५८ लाख ३२ हजार ४०३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबारको तुलनामा कारोबार रकममा पनि भारी वृद्धि भएको छ बिहिबार ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४९ रुपैयाँ बराबरको कारोबार भएको थियो  ।

बजार बढ्दा महिला लघुवित्त, विशालबजार कम्पनी, सिंगटी हाइड्रो इनर्जी, चन्द्रागिरी हिल्स, सिनर्जी पावर डेभलपमेन्ट, सानिमा जनरल इन्स्योरेन्स, यूनिभर्सल पावर, नेको इन्स्योरेन्स, गुँरास लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढी नाफा कमाएका छन् ।

608e7483b1872.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको