Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा चलखेल गर्नेहरुले नबिल बैंकलाई कमाई खाने भाँडो बनाएः डमरु बल्लभ घिमिरे,लगानीकर्ता

लगानीकर्ताको आवाज

सोमबार, २० बैशाख २०७८, १२ : २७ मा प्रकाशित

पुराना लगानीकर्ता डमरुबल्लभ घिमिरेले सेयर बजारमा चलखेल गर्ने समूहहरुले नबिल बैंकलाई कमाई खाने भाँडो बनाएको आरोप लगाएका छन् । 

अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसंगको कुराकानीमा घिमिरेले चलखेल गर्ने समूहहरुले विभिन्न समयमा नबिल बैंकसंग विभिन्न बित्तिय संस्थाहरुको मर्जरको कपोकल्पित हल्ला चलाएर सोझा लगानीकर्ताहरुलाई फसाउने गरेको बताएका हुन् । 

घिमिरेले अहिले बजारमा फैलियको एनसीसीको नबिलसंगको मर्जरको हल्ला कपोकल्पित र निराधार भएको बताएका हुन् । युनाइटेड फाइनान्सलाई नबिल बैंकले एक्वायर गर्ने प्रस्ताव २ बर्ष अघिको भन्दै उनले अहिले अन्य बैंकसंगको मर्जरका बिषयमा नबिल बैंकले अध्ययन गरिरहेको उनको तर्क छ ।  

नेपालमा विगतमा पनि लकडाउन सेयरबजारका लागि फलिफाप भएको भन्दै उनले यो २ ४ दिनको परिदृष्य हेर्दा छिट्टै नेपालको नेप्से परिसुचक ३ हजारको बिन्दुमा पुग्नसक्ने उनको प्रक्ष्पण रहेको छ ।

नेपालको नियामक निकायसंग इन्साइडर ट्रेडिङलाई नियन्त्रण गर्ने कुनै योजना नै नभएजस्तो देखिएको भन्दै उनले नेपालको सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड निदायको आरोप घिमिरेको छ । 

हल्लाको पछि लागेर नबुझेर चन्द्रागिरी हिल्सको सेयरमा लगानी गर्नेहरुले अहिले नराम्रो नोक्सानी व्यहोरिरहेको भन्दै उनले चन्द्रागिरी हिल्सको मूल्य ७०० माथि जानु नै अस्वभाविक रहेको बताए ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको