Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मख्खै

नेप्से

सोमबार, २० बैशाख २०७८, १५ : ३२ मा प्रकाशित

सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मख्खै

आज (साेमबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.३५ अंकले घटेर २६५२.७५ मा पुगेकाे छ ।

साेमबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ हजार ७ सय रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, घटेकाे बजारमा क्रमश: विशाल बजार कम्पनी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, ङादी ग्रुप पावर कम्पनी लिमिटेड, सिंगटी हाइड्राेपावर, रूरू जलविद्युत कम्पनी लिमिटेड, युनाइटेड माेदी हाइड्राेपावर, राधी विद्युत कम्पनी लिमिटेड, छ्याङ्दी हाइड्राेपावर कम्पनी लिमिटेड र मेराे माइक्राेफाइनान्सका लगानीकर्ताहरूले सर्वाधीक नाफा कमाएका छन् ।

608fc618be328.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको