Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, १५ : ३८ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । सोमबार बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.३५ अंकले घटेर २६५२.७५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक ०.४६ प्रतिशतले घटेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक २.६९ अंकले घटेर ४७५.१२ बिन्दुमा पुगेको छ ।

बजार घट्दा हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

त्यसैगरी, क्रमशः हिमालयन पावर पार्टनर, रसुवागढी हाइड्रोपावर, जानकी फाइनान्स, सिन्धु विकास बैंक, सान्जेन जलविद्युत, लिवर्टी इनर्जी कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक प्रोगेसिभ फाइनान्स र वेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले पनि आज सबैभन्दा बढी घाटा व्यहोरेका छन् ।

608fcaa3ded8b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको